३८ तर याकुबले भने: “अहँ! मेरो छोरालाई तिमीहरूले लैजान पाउनेछैनौ! उसको दाइ मरिसक्यो, अब ऊ एउटा मात्र बाँकी छ।+ तिमीहरूसँगै जाँदा बाटोमा उसलाई केही भयो भने तिमीहरूले गर्दा यो बूढो शोक गर्दागर्दै+ चिहानमा* जानेछ।”+
२७ त्यसपछि हजुरका दास मेरो बुबाले भन्नुभयो: ‘मेरी पत्नीले दुई छोरा+ जन्माएकी थिई भनेर तिमीहरूलाई थाहै छ। २८ तिनीहरूमध्ये एउटा छोरा त मैले गुमाइसकेँ र मैले अहिलेसम्म उसको मुख देख्न पाएको छैनँ। मैले भनेको थिएँ: “उसलाई पक्कै पनि जङ्गली जनावरले लुछेर खाएको हुनुपर्छ।”+