-
प्रस्थान २६:१९-२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ “तिमीले २० वटा चौकोसको लागि चाँदीको ४० वटा चूलघर* बनाउनू:+ प्रत्येक चौकोसमुनि भएको दुई वटा चूलको लागि दुई वटा चूलघर। अनि दुई-दुई वटा चूललाई दुई-दुई वटा चूलघरमा छिराएर चौकोस ठड्याउनू।+ २० वासस्थानको उत्तर मोहडाको लागि २० वटा चौकोस बनाउनू। २१ ती चौकोसको लागि चाँदीको ४० वटा चूलघर बनाउनू: प्रत्येक चौकोसमुनि भएको दुई वटा चूलको लागि दुई वटा चूलघर।
-
-
प्रस्थान २६:२५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२५ यसरी पश्चिम मोहडाको लागि जम्मा आठ वटा चौकोस र चाँदीको १६ वटा चूलघर हुनेछ; हरेक चौकोसमुनि भएको दुई वटा चूलको लागि दुई वटा चूलघर।
-
-
प्रस्थान २६:३२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३२ पर्दालाई सुनले मोहोरेको बबुल काठका चार वटा खामामा झुन्ड्याउनू। ती खामाहरूमा सुनका अङ्कुसेहरू लगाउनू। ती खामाहरूलाई चाँदीका चार वटा चूलघरमा ठड्याउनू।
-