-
प्रस्थान ९:१५, १६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ मैले चाहेको भए भयानक रोग ल्याएर तिमी र तिम्रा मानिसहरूलाई यस पृथ्वीबाट नामेट पार्न सक्थेँ। १६ तर मेरो शक्ति प्रकट होस् र मेरो नाम सारा पृथ्वीमा घोषणा होस् भनेर नै मैले तिमीलाई अहिलेसम्म जीवित राखेको हुँ।+
-
-
प्रस्थान १८:१०, ११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० त्यसपछि यिथ्रोले यसो भने: “यहोवा परमेश्वरको जय होस्, जसले तपाईँलाई मिश्र र फारोबाट बचाउनुभयो अनि इस्राएलीहरूलाई मिश्रीहरूको हातबाट मुक्त गर्नुभयो। ११ अब मैले बुझेँ, यहोवा परमेश्वर अरू सबै देवीदेवताभन्दा महान् हुनुहुन्छ+ किनभने आफ्ना जनहरूमाथि घोर अत्याचार गर्नेहरूलाई उहाँले बाँकी राख्नुभएन।”
-
-
यहोसु २:९, १०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ तिनले ती जासुसहरूलाई भनिन्: “यहोवा परमेश्वरले तपाईँहरूलाई यो देश दिनुहुनेछ भनेर मलाई थाह छ।+ तपाईँहरूले गर्दा हामी सबै डराएका छौँ + र यहाँका सबै मानिस आत्तिएका छन्।+ १० किनभने तपाईँहरूलाई मिश्रबाट छुटाएर ल्याउँदा यहोवा परमेश्वरले कसरी तपाईँहरूकै अगाडि लाल समुद्रको पानी सुकाउनुभयो+ अनि यर्दनपारि* तपाईँहरूले एमोरीहरूका दुई जना राजा सिहोन+ र ओगलाई+ कसरी मार्नुभयो, त्यो हामीले सुनेका छौँ।
-