-
व्यवस्था ५:७-१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ तिमीहरूले मबाहेक* अरू कुनै देवीदेवतालाई नमान्नू।+
८ “‘तिमीहरूले आफ्नो लागि कुनै मूर्ति नबनाउनू;+ माथि आकाशमा, तल पृथ्वीमा अथवा पानीमुनि भएको कुनै पनि कुराको प्रतिमा नबनाउनू। ९ तिमीहरूले तिनीहरूलाई नढोग्नू वा अरूको लहलहैमा लागेर तिनीहरूलाई नपुज्नू+ किनकि म यहोवा तिमीहरूका परमेश्वर मबाहेक अरू कसैको भक्ति गरिएको सहँदिनँ।+ जसले मलाई घृणा गर्छ, त्यसले गरेको गल्तीको सजाय म त्यसका छोराहरू, नातिहरू र पनातिहरूलाई समेत दिनेछु।+ १० तर मलाई प्रेम गर्ने र मेरो आज्ञा पालन गर्नेहरूलाई म तिनीहरूको हजारौँ पुस्तासम्म अटल प्रेम* देखाउनेछु।
-