-
प्रस्थान २५:२-७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ “इस्राएलीहरूलाई मेरो निम्ति अनुदान छुट्ट्याएर राख भन्नू; ज-जसले खुसीसाथ दिने इच्छा गर्छन्, तिनीहरू सबैको अनुदान ग्रहण गर्नू।+ ३ तिनीहरूबाट यी अनुदानहरू स्विकार्नू: सुन,+ चाँदी,+ तामा,+ ४ निलो धागो, बैजनी ऊन, सिन्दूरे रङ्गको धागो, उच्च कोटीको मलमल,* बाख्राको भुत्ला, ५ रातो रङ्गले रङ्गाएको भेडाको छाला, सिलको* छाला, बबुल काठ,+ ६ दियोको निम्ति तेल,+ अभिषेक गर्ने तेल तयार पार्न+ र सुगन्धित धूप बनाउन+ चाहिने बाल्सम* ७ अनि एपोद*+ र छातीपातामा*+ जड्नको निम्ति ओनिक्स* र अन्य रत्नहरू।
-
-
प्रस्थान ३५:२९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२९ यहोवा परमेश्वरले मोसामार्फत आज्ञा गर्नुभएका सबै कुरा बनाउन चाहिने सरसामान जुटाउन जो-जो पुरुष अनि स्त्री भेटी चढाउन इच्छुक थिए, तिनीहरूले केही न केही ल्याए; इस्राएलीहरूले यहोवा परमेश्वरलाई स्वैच्छिकभेटी चढाए।+
-