-
गन्ती १६:३९, ४०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३९ तब पुजारी एलियाजारले आगोले भस्म भएका पुरुषहरूले चढाएका तामाका धुपौराहरू लिए र त्यसलाई पिटेर वेदीलाई मोहोर्ने पाताहरू बनाए। ४० यहोवा परमेश्वरले मोसामार्फत तिनलाई जे भन्नुभएको थियो, तिनले त्यसै गरे। हारुनको सन्तानबाहेक अरू कसैले* यहोवा परमेश्वरसामु धूप बाल्नु हुँदैन+ अनि कोही पनि कोरह र तिनका समर्थकहरूजस्तो हुनु हुँदैन+ भनेर इस्राएलीहरूका लागि यो चेतावनी थियो।
-
-
१ समुएल ६:१९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ तर यहोवा परमेश्वरले बेथ-सेमेसका मानिसहरूलाई मार्नुभयो किनकि उनीहरूले परमेश्वरको सन्दुकलाई घुरेर हेरे। उहाँले ५० हजार ७० जना मानिसलाई मार्नुभयो। यसले गर्दा मानिसहरू अलापविलाप गर्न थाले किनकि यहोवा परमेश्वरले उनीहरूमाथि ठूलो विपत्ति ल्याउनुभएको थियो।+
-
-
२ इतिहास २६:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ तर आफू शक्तिशाली हुनेबित्तिकै उज्जियाहको हृदय घमन्डले फुल्यो। अनि यही नै तिनको पतनको कारण बन्न पुग्यो। धूप बाल्ने वेदीमा धूप बाल्न यहोवा परमेश्वरको मन्दिरभित्र छिरेर तिनले आफ्ना परमेश्वर यहोवालाई विश्वासघात गरे।+
-
-
२ इतिहास २६:१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ उनीहरूले राजा उज्जियाहलाई रोके र यसो भने: “हे उज्जियाह, यहोवाको निम्ति तपाईँले धूप बाल्नु सही होइन।+ धूप बाल्ने काम पुजारीहरूको मात्र हो किनकि उनीहरू हारुनका सन्तान हुन्+ र उनीहरूलाई पवित्र पारिएको छ। यो पवित्र स्थानबाट* बाहिर जानुहोस् किनकि तपाईँले परमेश्वरलाई विश्वासघात गर्नुभयो। यस कामको निम्ति तपाईँले यहोवा परमेश्वरबाट कुनै सम्मान पाउनुहुनेछैन।”
-