१२ यसरी तिनीहरूले आफ्ना पुर्खाहरूका परमेश्वर यहोवालाई त्यागे, जसले तिनीहरूलाई मिश्र देशबाट छुटाएर ल्याउनुभएको थियो।+ अनि तिनीहरूले आफू वरपर बसोबास गर्ने मानिसहरूका देवताहरूलाई पुजे;+ तिनीहरूले ती देवताहरूलाई ढोगेर यहोवा परमेश्वरलाई रिस उठाए।+
२० आखिरमा यहोवा परमेश्वरको क्रोध इस्राएलीहरूमाथि दन्कियो।+ उहाँले यसो भन्नुभयो: “यस जातिले मैले तिनीहरूका पुर्खाहरूसित गरेको करार तोडेको छ+ र मेरो आज्ञा पालन गरेको छैन।+