प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • न्यायकर्ता ३:९, १०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ जब इस्राएलीहरूले मदतको लागि यहोवा परमेश्‍वरलाई पुकारे,+ तब यहोवा परमेश्‍वरले तिनीहरूलाई छुटकारा दिन कालेबको भाइ केनजको छोरा ओथ्निएललाई+ रोज्नुभयो।+ १० यहोवा परमेश्‍वरको पवित्र शक्‍ति ओथ्निएलमाथि आयो+ र तिनी इस्राएलीहरूका न्यायकर्ता भए। जब तिनी युद्ध गर्न गए, तब यहोवा परमेश्‍वरले मेसोपोटामियाका* राजा कुसन-रिसातैमलाई तिनको हातमा सुम्पिदिनुभयो। यसरी ओथ्निएलले ती राजालाई जिते।

  • न्यायकर्ता ६:३४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३४ त्यतिबेला यहोवा परमेश्‍वरको पवित्र शक्‍ति गिदोनमाथि आयो+ र तिनले सिङ फुके।+ त्यसपछि अबिएजेरीहरू+ तिनलाई साथ दिन आए।

  • न्यायकर्ता ११:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ तब यहोवा परमेश्‍वरको पवित्र शक्‍ति यिप्तहमाथि आयो।+ तिनी गिलाद र मनस्सेको इलाका हुँदै गिलादको मिस्पा गए+ अनि त्यहाँबाट अम्मोनीहरूसित युद्ध गर्न गए।

  • न्यायकर्ता १४:५, ६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ त्यसैले सिमसोन आफ्ना बुबाआमासँगै तिम्नाह गए। तिनी तिम्नाहमा भएको अङ्‌गुर बगानमा पुगेपछि अचानक एउटा सिंह गर्जँदै तिनलाई झम्टन आयो। ६ तब यहोवा परमेश्‍वरको पवित्र शक्‍ति सिमसोनमाथि आयो+ र कसैले बाख्राको पाठोलाई हातैले दुई फ्याक पारेझैँ तिनले त्यस सिंहलाई दुई फ्याक पारिदिए। तर तिनले यसबारे आफ्ना बुबा वा आमालाई केही भनेनन्‌।

  • १ समुएल १०:१०, ११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० त्यहाँबाट तिनीहरू* डाँडामा उक्लँदै गर्दा भविष्यवक्‍ताहरूको एउटा टोलीसित साउलको भेट भयो। त्यही बेला परमेश्‍वरको पवित्र शक्‍ति उनीमाथि आयो+ र उनले पनि उनीहरूसँगै भविष्यवाणी गर्न थाले।+ ११ साउलले पनि अरू भविष्यवक्‍ताहरूसँगै भविष्यवाणी गरिरहेको देखेपछि उनलाई चिनेका मानिसहरूले यसो भन्‍न थाले: “किसको छोरा साउललाई के भयो? साउल पनि भविष्यवक्‍ता भएको हो र?”

  • १ समुएल १६:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ त्यसैले समुएलले तेल हालेको सिङ लिए+ र उसलाई दाइहरूको सामने अभिषेक गरे। अनि त्यस दिनदेखि यहोवा परमेश्‍वरको पवित्र शक्‍तिले दाउदमाथि काम गर्न थाल्यो।+ पछि समुएल उठे र रामातिर+ लागे।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने