४ “‘अथवा कसैले असल गर्नको लागि होस् वा खराब गर्नको लागि, राम्ररी सोच्दै नसोची कसम खायो र आफूले सोचविचारै नगरी कसम खाएछु भनेर पछि मात्र महसुस गऱ्यो भने पनि ऊ दोषी ठहरिनेछ।*+
२ यदि कुनै मानिसले यहोवा परमेश्वरसित कुनै भाकल गऱ्यो+ अथवा शपथ खाएर+ कुनै कुरा त्याग गर्ने भाकल गऱ्यो भने उसले आफ्नो वचन पूरा गरोस्।+ उसले जसरी भए पनि आफ्नो भाकल पूरा गर्नै पर्छ।+
२१ “तिमीहरूले यहोवा परमेश्वरसामु कुनै भाकल गऱ्यौ भने+ त्यसलाई पूरा गर्न ढिलो नगर।+ तिमीहरूले त्यो भाकल पूरा गरेको यहोवा परमेश्वर चाहनुहुन्छ। भाकल पूरा गरेनौ भने तिमीहरूले पाप गरिरहेका हुनेछौ।+