१६ “भोलि यही समयतिर म तिमीकहाँ बिन्यामिनको+ इलाकाबाट एक जना मानिस पठाउनेछु। तिमीले उसलाई अभिषेक गरेर मेरा प्रजा इस्राएलीहरूको अगुवा बनाउनू।+ तिनले मेरा प्रजालाई पलिस्तियालीहरूको हातबाट बचाउनेछन्। मैले मेरा प्रजाहरूको दुःख देखेको छु अनि तिनीहरूको चीत्कार सुनेको छु।”+
१०त्यसपछि समुएलले तेलको भाँडो लिए र साउलको शिरमा तेल खन्याए।+ अनि तिनले साउललाई म्वाइँ खाएर भने: “साँच्चै, यहोवा परमेश्वरले तपाईँलाई अभिषेक गरेर उहाँको प्रजाको+ अगुवा बनाउनुभएको छ।+