प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल २२:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ तब साउलका ती सेवकहरूको नाइके एदोमी दोएगले+ भने:+ “मैले यिसैको छोरालाई नोबमा अहितुबको+ छोरा अहिमेलेककहाँ आएको देखेको थिएँ।

  • भजन ५२:शिर बेहोरा-९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • निर्देशकलाई; मास्किल।* एदोमी दोएगले दाउद अहिमेलेकको घरमा आएका छन्‌ भनी साउललाई खबर दिएको बेला दाउदले रचेको भजन।+

      ५२ ए शक्‍तिशाली मानिस, तँ किन आफ्नो दुष्ट काममा घमन्ड गर्छस्‌?+

      परमेश्‍वरको अटल प्रेम सदा रहन्छ भनी के तँलाई थाह छैन?+

       २ छुराजस्तै धारिलो तेरो जिब्रोले+

      षड्‌यन्त्र रच्छ र छली कुरा बोल्छ।+

       ३ तँ असल कुरालाई भन्दा दुष्ट कुरालाई मन पराउँछस्‌,

      सत्य बोल्नुभन्दा झूट बोल्न तँलाई मन पर्छ। (सेला)

       ४ ए छली जिब्रो!

      हानि पुऱ्‍याउने हरेक बोली तँलाई मन पर्छ।

       ५ त्यसकारण परमेश्‍वरले तेरो नामोनिसान नरहनेगरि तँलाई नाश गर्नुहुनेछ।+

      उहाँले तँलाई च्याप्प समातेर पालबाट घिसार्दै बाहिर निकाल्नुहुनेछ।+

      जीवितहरूको देशबाट उहाँले तँलाई उखेलिदिनुहुनेछ।+ (सेला)

       ६ धर्मीहरूले त्यो देख्नेछन्‌ र तिनीहरूको हृदय परमेश्‍वरप्रति श्रद्धाले भरिनेछ।+

      दुष्ट काम गर्ने मानिसलाई तिनीहरूले यसरी हाँसोमा उडाउनेछन्‌:+

       ७ “परमेश्‍वरमा शरण नलिने* मानिस यही हो,+

      त्यसले आफ्नो अकुत सम्पत्तिमाथि भरोसा गऱ्‍यो+

      अनि आफ्नै दुष्ट योजनाहरूमा त्यो भर पऱ्‍यो।”*

       ८ तर म भने परमेश्‍वरको भवनमा भएको जैतुनको हराभरा रूखजस्तै हुनेछु।

      म सदासर्वदा परमेश्‍वरको अटल प्रेममाथि भरोसा गर्छु।+

       ९ तपाईँले गर्नुभएका कामहरूको लागि म सधैँभरि तपाईँको प्रशंसा गर्नेछु।+

      तपाईँका वफादार जनहरूको सामुन्‍ने म तपाईँको नाममा आशा राख्नेछु+

      किनकि यो असल छ।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने