प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यहोसु ११:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ इस्राएलीहरूको इलाकामा अनाकीहरू एक जना पनि बाँकी रहेनन्‌; तिनीहरू गाजा,+ गाथ+ र अस्दोदमा+ मात्र बाँकी रहे।+

  • १ समुएल ५:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ त्यसैले तिनीहरूले पलिस्तियालीहरूका शासकहरूलाई खबर पठाए र उनीहरूलाई एक ठाउँमा भेला गराएर सोधे: “इस्राएलका देवताको सन्दुकलाई हामी के गरौँ?” ती शासकहरूले भने: “इस्राएलका देवताको सन्दुक यहाँबाट गाथमा लगियोस्‌।”+ त्यसैले मानिसहरूले त्यस सन्दुकलाई गाथमा पुऱ्‍याए।

  • १ समुएल १७:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ त्यसपछि पलिस्तियालीहरूको छाउनीबाट एक जना वीर योद्धा निस्केर आयो। उसको नाम गोल्यत+ थियो र ऊ गाथको+ बासिन्दा थियो। ऊ छ हात, एक बित्ता अग्लो थियो।*

  • १ समुएल २७:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ अनि दाउद आफूसँग भएका ६०० जना+ मानिसलाई लिएर माओकका छोरा, गाथका राजा आकिसकहाँ गए।+

  • भजन ५६:शिर बेहोरा-१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • निर्देशकलाई; “टाढा रहेको मौन ढुकुर”-अनुसार। मिक्‍ताम।* पलिस्तियालीहरूले दाउदलाई गाथमा पक्रदाँ दाउदले रचेको भजन।+

      ५६ हे परमेश्‍वर, मलाई अनुग्रह देखाउनुहोस्‌ किनकि मानिसहरू मलाई हमला गरिरहन्छन्‌।

      दिनभरि तिनीहरू मसँग लड्‌छन्‌ र मलाई यातना दिन्छन्‌।

       २ मेरा शत्रुहरू दिनभरि मलाई आक्रमण गर्छन्‌;

      अहङ्‌कारले भरिएर थुप्रैले मसित लडाइँ गर्छन्‌।

       ३ मलाई डर लाग्दा+ म तपाईँमाथि भरोसा राख्छु।+

       ४ परमेश्‍वरमा म भरोसा राख्छु, म उहाँको वचनको प्रशंसा गर्छु।

      परमेश्‍वरमा म भरोसा राख्छु; म डराउँदिनँ।

      मानिसले मलाई के गर्न सक्छ र?+

       ५ हरदिन तिनीहरू मलाई आपत्‌मा पार्न खोज्छन्‌;

      तिनीहरू मलाई केवल हानि पुऱ्‍याउन चाहन्छन्‌।+

       ६ मलाई मार्ने दाउ खोज्दै

      तिनीहरू मलाई आक्रमण गर्न लुकेर बस्छन्‌,+

      तिनीहरू मेरो हरेक पाइलामा नजर राख्छन्‌।+

       ७ हे परमेश्‍वर, तिनीहरूको दुष्टताको कारण तिनीहरूलाई तिरस्कार गर्नुहोस्‌,

      तपाईँको क्रोधमा राष्ट्रहरूलाई ढालिदिनुहोस्‌।+

       ८ म भागीभागी हिँड्‌नुपरेको बेला तपाईँले मेरो एक-एक पाइला याद गर्नुहुन्छ।+

      बिन्ती छ, मेरो आँसु तपाईँको मशकमा* जम्मा गरिदिनुहोस्‌।+

      ती तपाईँको पुस्तकमा लेखिएका छैनन्‌ र?+

       ९ म जुन दिन तपाईँलाई गुहार्छु, त्यस दिन मेरा शत्रुहरू भाग्नेछन्‌।+

      यो कुरामा म ढुक्क छु: परमेश्‍वर मेरो साथमा हुनुहुन्छ।+

      १० परमेश्‍वरमा म भरोसा राख्छु, म उहाँको वचनको प्रशंसा गर्छु।

      यहोवामा म भरोसा राख्छु, म उहाँको वचनको प्रशंसा गर्छु।

      ११ परमेश्‍वरमा म भरोसा राख्छु; म डराउँदिनँ।+

      मानिसले मलाई के गर्न सक्छ र?+

      १२ हे परमेश्‍वर, मेरा भाकलहरू म पूरा गरेरै छोड्‌नेछु।+

      म मेरो धन्यवाद तपाईँलाई अर्पण गर्नेछु।+

      १३ म बाँचिरहन सकूँ र परमेश्‍वरसामु हिँड्‌न सकूँ भनेर+

      तपाईँले मलाई मृत्युको मुखबाट जोगाउनुभएको छ+

      अनि मेरा खुट्टाहरूलाई ठेस लाग्न दिनुभएको छैन।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने