-
१ इतिहास १०:१-५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० पलिस्तियालीहरू इस्राएलीहरूसित लडाइँ गरिरहेका थिए। इस्राएलीहरू पलिस्तियालीहरूसित हारेर भागे अनि धेरै जना गिल्बो डाँडामा मारिए।+ २ पलिस्तियालीहरू साउल र तिनका छोराहरूलाई खेद्दै तिनीहरूको नजिकै पुगे। अनि पलिस्तियालीहरूले साउलका छोराहरू जोनाथन, अबिनादाब र मल्कि-सुअलाई मारे।+ ३ पलिस्तियालीहरूले साउलसित घमासान लडाइँ गरे। धनुर्धारीहरूले साउललाई भेट्टाए र तिनलाई घाइते बनाइदिए।+ ४ तब साउलले आफ्नो हतियार बोक्ने सिपाहीलाई भने: “तिम्रो तरबार थुतेर मलाई घोप। नत्र त यी बेखतनेहरू आएर मलाई क्रूरतापूर्वक मार्नेछन्।”+ तर हतियार बोक्ने त्यो सिपाहीले त्यसो गर्ने आँटै गरेन। त्यसैले साउलले तरबार थुते र आफैलाई रोपे।+ ५ साउल मरेको देखेपछि तिनको हतियार बोक्ने त्यो सिपाहीले पनि आफ्नो तरबारले आफैलाई रोप्यो र मऱ्यो।
-