-
१ समुएल ११:९-११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ तिनीहरूले ती सन्देशवाहकहरूलाई भने: “गिलादको याबेसका मानिसहरूलाई यस्तो खबर देओ: ‘भोलि मध्यान्हसम्ममा* तिमीहरू बचाइनेछौ।’” त्यसपछि सन्देशवाहकहरू फर्के र याबेसका मानिसहरूलाई त्यो खबर सुनाए। त्यो सुनेर त्यहाँका मानिसहरू असाध्यै खुसी भए। १० तब याबेसका मानिसहरूले नहसलाई भने: “भोलि हामी तपाईँसामु आत्मसमर्पण गर्नेछौँ। अनि तपाईँलाई जसो गर्न उचित लाग्छ, हामीलाई त्यसै गर्नुहोस्।”+
११ भोलिपल्ट साउलले मानिसहरूलाई तीन वटा समूहमा विभाजन गरे। त्यसपछि तिनीहरू बिहान उज्यालो हुनुअघि नै* अम्मोनीहरूको छाउनीमा घुसे अनि मध्यान्ह नहोउन्जेल उनीहरूलाई मार्न छोडेनन्।+ बचेकाहरू पनि एकअर्कालाई छोडेर एक्लै भाग्न थाले र उनीहरू तितरबितर भए।
-