-
१ राजा १७:२४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ तब ती स्त्रीले एलियालाई भनिन्: “अब मलाई पक्का भयो, तपाईँ साँच्चै यहोवा परमेश्वरका सेवक हुनुहुँदो रहेछ+ र तपाईँको मुखबाट निस्केको उहाँको वचन सत्य रहेछ।”
-
-
२ राजा ३:११, १२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ यहोसापातले भने: “यहोवा परमेश्वरसित सल्लाह माग्नलाई के यहाँ यहोवाका कोही भविष्यवक्ता छैनन्?”+ तब इस्राएलका राजाका एक सेवकले जवाफ दिए: “सापातका छोरा एलिसा छन्,+ जसले एलियाको हातमा पानी हाल्ने गर्थे।”*+ १२ यहोसापातले भने: “तिनले हामीलाई यहोवा परमेश्वरको इच्छा के छ भनी बताउन सक्छन्।” त्यसैले यहोसापात, इस्राएलका राजा र एदोमका राजा एलिसालाई भेट्न गए।
-
-
२ राजा ८:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ त्यतिबेला राजा साँचो परमेश्वरका सेवकको चाकर गेहजिसित कुरा गर्दै थिए। राजाले उनलाई यस्तो आग्रह गरेका थिए: “एलिसाले गरेका सबै ठूलठूला कामबारे मलाई बताऊ!”+
-