प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी २६:३२, ३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३२ म तिमीहरूको देशलाई उजाड पार्नेछु+ र जब यस देशमा तिमीहरूका शत्रुहरू बसोबास गर्छन्‌, तब तिनीहरू देशको हालत देखेर छक्क पर्नेछन्‌।+ ३३ म तिमीहरूलाई तितरबितर पार्नेछु+ र तिमीहरूका शत्रुहरूले तरबार लिएर तिमीहरूलाई खेद्‌नेछन्‌;+ तिमीहरूको देश उजाड हुनेछ+ र तिमीहरूका सहरहरू तहसनहस हुनेछन्‌।

  • व्यवस्था ४:२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ यहोवा परमेश्‍वरले तिमीहरूलाई जातिजातिबीच तितरबितर पारिदिनुहुनेछ+ र यहोवाले तिमीहरूलाई धपाएर जुन जातिहरूबीच पुऱ्‍याउनुहुनेछ, त्यहाँ तिमीहरू थोरै मात्र बच्नेछौ।+

  • व्यवस्था २८:६४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६४ “यहोवा परमेश्‍वरले तिमीहरूलाई पृथ्वीको एक कुनादेखि अर्को कुनासम्म जातिजातिबीच तितरबितर पारिदिनुहुनेछ।+ त्यहाँ तिमीहरूका बाजेबराजुले समेत थाह नपाएका काठ र ढुङ्‌गाका देवताहरू तिमीहरूले पुज्नेछौ।+

  • १ राजा १४:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ यहोवा परमेश्‍वरले इस्राएललाई प्रहार गर्नुहुनेछ र त्यसको हालत पानीमा यताउता हल्लिरहने नर्कटको जस्तै हुनेछ। उहाँले इस्राएलीहरूका पितापुर्खालाई दिनुभएको यो सुन्दर भूमिबाट तिनीहरूलाई जरैसमेत उखेल्नुहुनेछ।+ अनि उहाँले तिनीहरूलाई युफ्रेटिस नदीको पारिपट्टिसम्मै तितरबितर पार्नुहुनेछ+ किनकि तिनीहरूले आफ्नो निम्ति पवित्र खामाहरू* बनाएर+ यहोवा परमेश्‍वरलाई रिस उठाएका छन्‌।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने