-
प्रस्थान १५:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० हारुनकी दिदी, भविष्यवक्ता मरियमले खैँजडी लिइन् अनि अरू सबै स्त्री पनि खैँजडी बजाउँदै र नाच्दै मरियमको पछिपछि लागे।
-
-
न्यायकर्ता ४:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ त्यतिबेला लप्पिदोथकी पत्नी दबोराले इस्राएलमा न्यायकर्ताको काम गरिरहेकी थिइन्। तिनी भविष्यवक्ता+ थिइन्।
-
-
नहेम्याह ६:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ अब हे परमेश्वर, तोबिया+ र सन्बलतलाई अनि उनीहरूले गरेका यस्ता खराब कामहरूलाई नबिर्सनुहोस्। अनि नोअदियाह नाम गरेकी भविष्यवक्ता र बाँकी भविष्यवक्ताहरूलाई पनि नभुल्नुहोस्। तिनीहरूले मलाई बारम्बार तर्साउन खोजेका थिए।
-
-
लुका २:३६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३६ त्यहाँ हन्ना नाम गरेकी एक जना भविष्यवक्ता थिइन्। तिनी असेरको कुलको फनुएलकी छोरी थिइन्। यी स्त्री वृद्ध भइसकेकी थिइन्। तिनले विवाह गरेर आफ्नो पतिसित सात वर्ष मात्र बिताउन पाएकी थिइन्।
-