३ तिनले आफ्नो शासनकालको आठौँ वर्षमा—जब तिनी सानै थिए—आफ्ना पुर्खा दाउदका परमेश्वरको खोजी गर्न थाले।+ आफ्नो शासनकालको १२ औँ वर्षमा तिनले यहुदा र यरुसलेमलाई शुद्ध पार्न सुरु गरे।+ तिनले अग्ला थानहरू,+ पवित्र खामाहरू, कुँदिएका मूर्तिहरू+ र धातुका मूर्तिहरू हटाउन थाले।