-
यर्मिया १५:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ अनि तिनीहरूले ‘हामी कहाँ जाऔँ’ भनेर सोधे भने तिमीले यस्तो जवाफ दिनू, ‘यहोवा यसो भन्नुहुन्छ:
“ज-जसलाई महामारीको निम्ति छुट्ट्याइएको छ, तिनीहरू महामारीले मारिऊन्!
ज-जसलाई तरबारको निम्ति छुट्ट्याइएको छ, तिनीहरू तरबारले काटिऊन्!+
ज-जसलाई अनिकालको निम्ति छुट्ट्याइएको छ, तिनीहरू अनिकालले मरून्!
ज-जसलाई कैदको निम्ति छुट्ट्याइएको छ, तिनीहरू कैदमा परून्!”’+
-
-
यर्मिया ३९:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ पहरेदारहरूका कप्तान नबुजरदानले+ सहरभित्र बाँकी रहेका मानिसहरू, पहिले तिनीकहाँ भागेर आएकाहरू र सहरबाहिर बाँकी रहेका अरू सबैलाई कैद गरेर बेबिलोन लगे।
-
-
यर्मिया ५२:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ पहरेदारहरूका कप्तान नबुजरदानले केही गरिब मानिसहरूलाई र सहरमा बाँकी रहेका अरू सबैलाई निर्वासनमा लगे। साथै तिनले बेबिलोनका राजाकहाँ भागेर आएका मानिसहरू अनि बाँकी निपुण कालिगडहरूलाई पनि लगे।+
-
-
यर्मिया ५२:३०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३० नबुकद्नेजरको शासनकालको २३ औँ वर्षमा पहरेदारहरूका कप्तान नबुजरदानले निर्वासनमा लगेका यहुदीहरू जम्मा ७४५ जना थिए।+
यसरी जम्माजम्मी ४ हजार ६ सय जना मानिस निर्वासनमा लगिए।
-