प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था १२:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ “तिमीहरूका पुर्खाहरूका परमेश्‍वर यहोवाले तिमीहरूको अधिकारमा दिन लाग्नुभएको देशमा तिमीहरूले यी नीतिनियम र विधिविधान आफ्नो जीवनभर होसियार भई पालन गर्नू।

  • व्यवस्था १७:१८, १९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ जब तिनले सिंहासनमा बसेर शासन गर्न थाल्छन्‌, तब तिनले लेवी पुजारीहरूसित भएको व्यवस्थाको पुस्तकमा लेखिएका कुरा सारून्‌ र आफ्नो लागि एउटा पुस्तक* बनाऊन्‌।+

      १९ “तिनले त्यो पुस्तक सधैँ आफूसित राखून्‌ र जीवनभर त्यो पढून्‌।+ यसो गरेमा तिनले यहोवा आफ्ना परमेश्‍वरको डर राख्न, उहाँले व्यवस्थामा दिनुभएका सबै आज्ञा मान्‍न र सबै नीतिनियमअनुसार चल्न सिक्नेछन्‌।+

  • यहोसु १:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ व्यवस्थाको यो पुस्तक तिम्रो मुखबाट नहटोस्‌।+ तिमीले यसमा दिनरात मनन गर्नू।* तब तिमीले यसमा लेखिएका एक-एक कुरा होसियार भई पालन गर्न सक्नेछौ।+ यसो गऱ्‍यौ भने तिमी सफल हुनेछौ र तिमीले बुद्धि पुऱ्‍याएर कदम चाल्न सक्नेछौ।+

  • १ राजा २:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ यहोवा तिम्रा परमेश्‍वरप्रति आज्ञाकारी भएर सधैँ उहाँले देखाउनुभएको बाटोमा हिँड अनि उहाँले मोसाको व्यवस्थामा जे-जस्ता विधिविधान, आज्ञा, नीतिनियम र सम्झौटा दिनुभएको छ, ती सबै पालन गर।+ यसो गऱ्‍यौ भने जे गरे पनि र जहाँ गए पनि तिमी सफल हुनेछौ।

  • १ इतिहास २८:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ यदि उसले अहिले जस्तै अटल भएर मेरा आज्ञा पालन गरिरह्‍यो र मेरा फैसलाअनुसार चलिरह्‍यो भने+ म उसको सिंहासन सधैँभरिको लागि स्थिर पार्नेछु।’+

  • भजन १९:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ८ यहोवाको आदेश न्यायी छ, त्यसले मनलाई आनन्दित बनाउँछ।+

      यहोवाको आज्ञा चोखो छ, त्यसले आँखालाई चमक दिन्छ।+

  • भजन १९:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने