-
२ राजा २३:३०, ३१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३० योसियाहका सेवकहरूले तिनको लास रथमा हालेर मगिद्दोबाट यरुसलेम ल्याए र तिनलाई तिनकै निम्ति बनाइएको चिहानमा गाडे। त्यसपछि देशका मानिसहरूले योसियाहका छोरा यहोअहाजलाई अभिषेक गरेर उनको बुबाको ठाउँमा राजा बनाए।+
३१ राजा हुँदा यहोअहाज+ २३ वर्षका थिए र उनले यरुसलेममा तीन महिना शासन गरे। उनकी आमाको नाम हमुतल+ थियो। तिनी लिब्नाहमा बस्ने यर्मियाकी छोरी थिइन्।
-