प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • एज्रा १:१-४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १ यहोवा परमेश्‍वरले यर्मियामार्फत भन्‍नुभएको कुरा पूरा होस्‌ भनेर+ फारसका राजा कोरेसको शासनकालको पहिलो वर्षमा+ यहोवाले तिनको मनलाई उत्प्रेरित गर्नुभयो र तिनले आफ्नो राज्यभरि एउटा घोषणा गरे अनि त्यसलाई लेख्न पनि लगाए।+ त्यो घोषणा यस्तो थियो:

      २ “फारसका राजा कोरेस यसो भन्‍नुहुन्छ, ‘स्वर्गका परमेश्‍वर यहोवाले मलाई पृथ्वीका सबै राज्य दिनुभएको छ+ अनि उहाँको निम्ति यहुदाको यरुसलेममा एउटा भवन बनाउने आदेश पनि दिनुभएको छ।+ ३ तिमीहरूमध्ये जो-जो उहाँका सेवकहरू हौ, तिमीहरू यहुदाको यरुसलेम जाओ; तिमीहरूका परमेश्‍वर तिमीहरूसँग रहून्‌। उहाँ नै साँचो परमेश्‍वर हुनुहुन्छ, जसको भवन यरुसलेममा थियो।* यरुसलेम गएर इस्राएलका परमेश्‍वर यहोवाको भवन पुनर्निर्माण गर। ४ यो पूरै राज्यमा जहाँ-जहाँ यी मानिसहरू विदेशीको रूपमा बसोबास गरिरहेका छन्‌,+ त्यहाँ-त्यहाँ तिनीहरूका छिमेकीहरूले तिनीहरूलाई मदत गरून्‌। तिनीहरूलाई सुन, चाँदी, विभिन्‍न सरसामान र वस्तुभाउ देऊन्‌। साथै साँचो परमेश्‍वरको भवन, जुन यरुसलेममा थियो, त्यहाँ चढाउनको लागि स्वैच्छिकभेटी पनि देऊन्‌।’”+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने