४ इस्राएलका परमेश्वर यहोवाले मेरो बुबाको सारा घरानाबाट मलाई नै सधैँभरिको लागि इस्राएलको राजा बनाउन रोज्नुभएको थियो।+ उहाँले यहुदालाई अगुवा हुन रोज्नुभयो+ र यहुदाका घरानाहरूमध्ये मेरो बुबाको घरानालाई छान्नुभयो+ अनि उहाँले मेरो बुबाका छोराहरूमध्ये मलाई नै इस्राएलको राजा बनाउन चाहनुभयो।+