-
व्यवस्था ७:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ तिमीहरूलाई थाहै छ, यहोवा तिमीहरूका परमेश्वर नै साँचो र विश्वासयोग्य परमेश्वर हुनुहुन्छ। उहाँलाई माया गर्ने र उहाँको आज्ञा पालन गर्नेहरूसित बाँधेको करार उहाँ हजारौँ-हजार पुस्तासम्म पूरा गर्नुहुन्छ र तिनीहरूलाई अटल प्रेम देखाइरहनुहुन्छ।+
-
-
१ राजा ८:२३-२६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२३ अनि यसो भने: “हे इस्राएलका परमेश्वर यहोवा, माथि स्वर्गमा वा तल पृथ्वीमा तपाईँजस्तो परमेश्वर अरू कोही छैन।+ तपाईँ सधैँ आफ्नो करार पूरा गर्नुहुन्छ अनि सारा हृदयले तपाईँको बाटोमा हिँड्ने आफ्ना सेवकहरूलाई+ अटल प्रेम देखाउनुहुन्छ।+ २४ तपाईँले आफ्नो दास, मेरा बुबा दाउदसित गर्नुभएको प्रतिज्ञा पूरा गर्नुभएको छ। तपाईँले आफ्नै मुखले प्रतिज्ञा गर्नुभएको थियो र आज आफ्नै हातले त्यो पूरा पनि गर्नुभएको छ।+ २५ अब हे इस्राएलका परमेश्वर यहोवा, आफ्ना सेवक, मेरो बुबा दाउदसित गर्नुभएको यो प्रतिज्ञा पनि पूरा गर्नुहोस्: ‘तिमीजस्तै तिम्रा सन्तान पनि मसामु सही बाटोमा हिँडिरहे र तिनीहरूले आफ्नो चालचलनमा ध्यान दिइरहे भने मसामु इस्राएलको सिंहासनमा बस्नलाई तिम्रो उत्तराधिकारीको* कहिल्यै कमी हुनेछैन।’+ २६ अब हे इस्राएलका परमेश्वर! बिन्ती छ, आफ्नो सेवक, मेरा बुबा दाउदसित गर्नुभएको प्रतिज्ञा पूरा गर्नुहोस्।
-