प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ राजा ८:२७-३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ “तर के परमेश्‍वर पृथ्वीमा बास गर्नुहुन्छ र?+ हेर्नुहोस्‌! तपाईँको लागि आकाश, हो विशाल आकाशसमेत सानो छ।+ मैले तपाईँको निम्ति बनाएको यो भवन त झन्‌ के हो र?+ २८ हे मेरा परमेश्‍वर यहोवा, तपाईँको यस सेवकको प्रार्थनामा ध्यान दिनुहोस्‌, तपाईँको कृपाको लागि उसले गरेको बिन्ती सुन्‍नुहोस्‌। तपाईँको यस सेवकको गुहार सुन्‍नुहोस्‌ र आज उसले तपाईँसामु गरेको यो प्रार्थना स्विकार्नुहोस्‌। २९ तपाईँले यस भवनबारे यसो भन्‍नुभएको थियो: ‘मेरो नाम त्यहाँ रहनेछ।’+ त्यसैले यस भवनमाथि दिनरात तपाईँको नजर रहोस्‌ र तपाईँको सेवकले यस भवनतर्फ फर्केर प्रार्थना गर्दा उसको प्रार्थना सुन्‍नुहोस्‌।+ ३० तपाईँको यस सेवकले र तपाईँको प्रजा इस्राएलीहरूले यस भवनतर्फ फर्केर तपाईँको कृपाको लागि बिन्ती गर्दा उनीहरूको पुकारा सुन्‍नुहोस्‌। तपाईँको निवासस्थान स्वर्गबाट उनीहरूको प्रार्थनामा ध्यान दिनुहोस्‌।+ उनीहरूको बिन्ती सुन्‍नुहोस्‌ र उनीहरूलाई क्षमा गरिदिनुहोस्‌।+

  • यसैया ६६:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६६ यहोवा यसो भन्‍नुहुन्छ:

      “स्वर्ग मेरो सिंहासन हो अनि पृथ्वी मेरो पाउदान।+

      त्यसोभए तिमीहरू मेरो निम्ति कस्तो भवन बनाउँछौ?+

      मेरो वासस्थान कहाँ बनाउँछौ?”+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने