-
१ राजा ८:३७-४०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३७ “यदि देशमा अनिकाल पऱ्यो+ वा भयानक रोग फैलियो अथवा लु, ढुसी+ वा हुल बाँधेर आएका सलहहरूले* अथवा भोका सलहहरूले गर्दा बालीनाली सखाप भयो अथवा देशको कुनै सहरमा शत्रुहरूले घेरा हाले वा देशमा कुनै रोग वा अरू कुनै महामारी फैलियो+ ३८ अनि यस्तो बेला कुनै मानिसले वा तपाईँको सम्पूर्ण इस्राएली प्रजाले यस भवनतर्फ आफ्नो हात फैलाएर तपाईँलाई प्रार्थना गऱ्यो वा तपाईँको कृपाको लागि बिन्ती गऱ्यो भने+ (किनकि हरेकलाई आफ्नो मनको पीडा थाह हुन्छ)+ ३९ आफ्नो निवासस्थान स्वर्गबाट तिनीहरूको पुकारा सुन्नुहोस्+ अनि तिनीहरूलाई माफ गरिदिनुहोस्+ र तिनीहरूको खातिर कदम चाल्नुहोस्। हरेकलाई उसले गरेको कामको इनाम दिनुहोस्+ किनकि तपाईँ हरेक मानिसको हृदयको कुरा जान्नुहुन्छ। (हरेक मानिसको हृदयमा के छ भनी तपाईँ मात्र जान्नुहुन्छ।)+ ४० तब हाम्रा पितापुर्खालाई दिनुभएको यस देशमा रहुन्जेल तिनीहरूले तपाईँको भय मान्नेछन्।
-