-
लेवी २६:३४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३४ “‘तिमीहरू शत्रुहरूको देशमा रहुन्जेल र तिमीहरूको देश उजाड रहुन्जेल तिमीहरूको भूमिले विश्रामवर्षहरू मनाउनेछ। त्यसबेला भूमिले आराम पाउनेछ किनकि भूमिले पहिला मनाउन नपाएको विश्रामवर्षहरू त्यसबेला मनाउनेछ।+
-
-
१ राजा ८:४६-५०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४६ “यदि तिनीहरूले तपाईँको आज्ञा तोडेर पाप गरे (किनकि पाप नगर्ने मानिस कोही पनि छैन)+ र तिनीहरूसित क्रोधित भएर तपाईँले तिनीहरूलाई शत्रुहरूको हातमा सुम्पनुभयो र ती शत्रुहरूले तिनीहरूलाई बन्दी बनाएर आफ्नो देशमा लगे, चाहे त्यो टाढाको देश होस् वा नजिकको।+ ४७ अनि त्यहाँ लगिएपछि तिनीहरूलाई आफ्नो गल्तीको पछुतो भयो+ र आफूलाई बन्दी बनाउनेहरूको देशमा तिनीहरू तपाईँकहाँ फर्के+ अनि तपाईँको कृपाको लागि यसरी बिन्ती गरे:+ ‘हामीले पाप गऱ्यौँ, हामीले साह्रै दुष्ट काम गऱ्यौँ’+ ४८ अनि आफूलाई बन्दी बनाएर लगिएको देशमा छँदा तिनीहरू आफ्नो सारा हृदयले र सारा ज्यानले तपाईँकहाँ फर्के+ अनि तपाईँले तिनीहरूका पितापुर्खालाई दिनुभएको यस देशतर्फ, तपाईँले रोज्नुभएको यस सहरतर्फ र मैले तपाईँको नामको निम्ति बनाएको यस भवनतर्फ फर्केर प्रार्थना गरे भने+ ४९ आफ्नो निवासस्थान स्वर्गबाट तिनीहरूको प्रार्थना र तपाईँको कृपाको लागि तिनीहरूले गरेको बिन्ती सुन्नुहोस्+ अनि तिनीहरूको न्याय गरिदिनुहोस्। ५० तपाईँको आज्ञा तोडेर पाप गर्ने तपाईँका मानिसहरूलाई क्षमा गरिदिनुहोस्, तिनीहरूले तपाईँविरुद्ध गरेको सबै अपराध माफ गरिदिनुहोस्। तपाईँले तिनीहरूका शत्रुहरूलाई तिनीहरूमाथि दया गर्न लगाउनुहोस् र ती शत्रुहरूले तिनीहरूमाथि दया गरून्।+
-
-
दानिएल ९:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ हे यहोवा, तपाईँ न्यायी हुनुहुन्छ तर हाम्रो अनुहार भने लाजले ढाकिएको छ, जस्तो कि आजका दिनहरूमा भएको छ। यहुदाका मानिसहरू, यरुसलेमका बासिन्दाहरू, हो, सारा इस्राएलीहरू, जो टाढा र नजिकका ती सबै ठाउँमा छन्, जहाँ तपाईँले तिनीहरूलाई तितरबितर पार्नुभएको छ, तिनीहरू सबै लज्जित भएका छन् किनकि तिनीहरूले तपाईँलाई विश्वासघात गरेका छन्।+
-