प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी ४:८-१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ “‘तिनले पापभेटीको रूपमा चढाउन ल्याइएको बहरको सबै बोसो झिकून्‌: आन्द्रा-भुँडी ढाक्ने बोसो, आन्द्रासँगै टाँसिएको बोसो, ९ दुइटै मिर्गौला र त्यसमा भएको बोसो अर्थात्‌ कम्मरनेरको बोसो। तिनले मिर्गौलाको साथै कलेजोमाथि भएको बोसो पनि निकालून्‌।+ १० मेलबलिको बहरको बोसो झिकेझैँ यसको पनि झिकून्‌।+ अनि पुजारीले त्यसलाई अग्निभेटी चढाउने वेदीमा जलाऊन्‌।*

  • १ राजा ८:६४-६६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६४ त्यस दिन राजाले अग्निभेटी, अन्‍नभेटी र मेलबलिको बोसो चढाउन यहोवा परमेश्‍वरको भवनअगाडि भएको चोकको बीचको भागलाई पवित्र पार्नुपऱ्‍यो। किनकि यहोवा परमेश्‍वरसामु भएको तामाको वेदीमा+ यति धेरै अग्निभेटी, अन्‍नभेटी र मेलबलिको बोसो+ चढाउन सम्भव थिएन। ६५ त्यतिबेला सुलेमानले सारा इस्राएलीसित मिलेर हाम्रा परमेश्‍वर यहोवासामु चाड मनाए।+ त्यस चाडमा लेबो-हमाथदेखि* मिश्रको वादीसम्मका*+ मानिसहरू थिए। तिनीहरूले सात दिनसम्म चाड मनाए। तिनीहरूले अर्को सात दिनसम्म पनि चाड मनाए। यसरी यो चाड जम्मा १४ दिनसम्म मनाइयो। ६६ त्यसको भोलिपल्ट राजाले मानिसहरूलाई त्यहाँबाट पठाए। तिनीहरूले राजालाई आशिष्‌ दिए। अनि यहोवा परमेश्‍वरले आफ्नो सेवक दाउद र आफ्नो प्रजा इस्राएलीहरूको लागि गर्नुभएका सबै भलाइको कामबारे सोचेर आनन्दित हुँदै र रमाउँदै तिनीहरू आ-आफ्नो घर फर्के।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने