-
१ राजा १२:५-७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ तब तिनले तिनीहरूलाई भने: “तिमीहरू अहिलेलाई यहाँबाट जाओ। तीन दिनपछि आउनू!” त्यसैले ती मानिसहरू त्यहाँबाट गए।+ ६ त्यसपछि राजा रहबामले तिनको बुबा सुलेमानको सेवा गरेका बूढापाकाहरूसित* सरसल्लाह गरे। तिनले उनीहरूलाई सोधे: “तपाईँहरू यस विषयमा के भन्नुहुन्छ? म यी मानिसहरूलाई के जवाफ दिऊँ?” ७ उनीहरूले रहबामलाई जवाफ दिए: “यदि तपाईँ आज यी मानिसहरूको सेवक बन्न तयार हुनुभयो, तिनीहरूको माग पूरा गरिदिनुभयो र तिनीहरूसित मायालु तरिकामा कुरा गर्नुभयो भने तिनीहरू सधैँभरि तपाईँको सेवक बन्नेछन्।”
-