-
१ राजा १२:१२-१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ तेस्रो दिन यरोबाम र अरू सबै मानिस रहबामकहाँ आए किनकि राजाले तिनीहरूलाई यसो भनेका थिए: “तीन दिनपछि मकहाँ आउनू!”+ १३ तर राजाले बूढापाकाहरूको सल्लाह सुनेनन्; तिनले मानिसहरूलाई कठोर जवाफ दिए। १४ तिनले जवान मानिसहरूको सल्लाह स्विकारे र मानिसहरूलाई यसो भने: “मेरो बुबाले तिमीहरूलाई गह्रौँ जुवा बोकाउनुभएको थियो, म त्यसलाई झनै गह्रौँ बनाइदिनेछु। मेरो बुबाले तिमीहरूलाई दण्ड दिन कोर्रा लगाउनुहुन्थ्यो तर म तिमीहरूलाई किला भएका कोर्राले दण्ड दिनेछु।” १५ राजाले मानिसहरूको कुरा सुन्दै सुनेनन् किनकि यी सबै घटनाको पछाडि यहोवा परमेश्वरको हात थियो।+ सिलोका अहियाहमार्फत+ नबातका छोरा यरोबामलाई यहोवाले जे भन्नुभएको थियो, त्यो पूरा गर्न उहाँले त्यसो गर्नुभएको थियो।
-