-
१ राजा २२:१९-२३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ त्यसपछि मिकायाहले भने: “यहोवा परमेश्वर के भन्नुहुन्छ, अब सुन्नुहोस्। मैले यहोवा परमेश्वर आफ्नो सिंहासनमा विराजमान हुनुभएको देखेँ।+ स्वर्गको सारा सेना उहाँको दायाँ र बायाँपट्टि उभिरहेको थियो।+ २० त्यसपछि यहोवा परमेश्वरले भन्नुभयो: ‘आहाबलाई कसले झुक्क्याउनेछ ताकि ऊ रामोथ-गिलाद जाओस् र त्यहीँ मारियोस्?’ तब एक जना स्वर्गदूतले एउटा जवाफ, अर्को स्वर्गदूतले अर्कै जवाफ दिइरहेका थिए। २१ त्यसपछि एक जना स्वर्गदूत+ अगाडि आए र यहोवा परमेश्वरसामु उभिएर भने, ‘म उसलाई झुक्क्याउँछु।’ यहोवा परमेश्वरले सोध्नुभयो: ‘तिमी कसरी झुक्क्याउँछौ?’ २२ तिनले जवाफ दिए: ‘म गएर उसका सबै भविष्यवक्तालाई झूट बोल्न लगाउनेछु।’+ तब परमेश्वरले तिनलाई भन्नुभयो: ‘तिमीले उसलाई झुक्क्याउनेछौ। गएर त्यसै गर। तिमी अवश्य सफल हुनेछौ।’ २३ त्यसैले यहोवा परमेश्वरले नै यी सबै भविष्यवक्तालाई झूट बोल्न लगाउनुभएको हो।+ तपाईँमाथि विपत्ति आइपर्नेछ भनेर यहोवा परमेश्वरले घोषणा गर्नुभएको छ।”+
-