-
२ इतिहास १७:३-६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ यहोवा परमेश्वरले यहोसापातलाई निरन्तर साथ दिनुभयो। किनकि उनका पुर्खा दाउद पहिला जुन मार्गमा हिँडेका थिए, उनी पनि त्यही मार्गमा हिँडे।+ उनले बाआल देवताहरूको उपासना गरेनन्। ४ बरु उनले आफ्ना बुबाका परमेश्वरको खोजी गरे+ अनि उहाँका आज्ञा पालन गरे। उनले इस्राएलको तौरतरिका अपनाएनन्।+ ५ यहोवा परमेश्वरले उनको राज्यलाई स्थिर पार्दै लैजानुभयो।+ यहुदाका सारा मानिसले उनको निम्ति उपहारहरू ल्याउने गर्थे। उनले थुप्रै धनसम्पत्ति र मानसम्मान हासिल गरे।+ ६ उनी साहसी भएर यहोवा परमेश्वरको मार्गमा हिँडिरहे। उनले यहुदाबाट अग्ला थानहरू*+ र पवित्र खामाहरू* समेत हटाए।+
-