-
२ राजा १४:१-६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ यहोअहाजका छोरा इस्राएलका राजा यहोआसको+ शासनकालको दोस्रो वर्षमा यहुदाका राजा यहोआसका छोरा अमस्याह राजा भए। २ राजा हुँदा तिनी २५ वर्षका थिए र तिनले यरुसलेममा २९ वर्ष शासन गरे। तिनकी आमाको नाम यहोअद्दिन थियो। उनी यरुसलेमकी बासिन्दा थिइन्।+ ३ अमस्याहले यहोवा परमेश्वरको नजरमा जे सही छ, त्यही गरिरहे तर तिनका पुर्खा दाउदले जतिकै त होइन।+ तिनका बुबा यहोआसले जे-जे गरे, तिनले ती सबै गरे।+ ४ तर उपासनाको लागि बनाइएका अग्ला थानहरू* भने हटाइएनन्+ अनि मानिसहरूले ती अग्ला थानहरूमा माथिसम्म धुवाँ उठ्नेगरि बलि चढाइरहे।+ ५ राजसत्तामा पकड जमाउनेबित्तिकै तिनले आफ्नो बुबाको हत्या गरेका आफ्ना सेवकहरूलाई मृत्युदण्ड दिए।+ ६ तर तिनले ती हत्याराहरूका छोराहरूलाई चाहिँ मृत्युदण्ड दिएनन्। तिनले मोसाको व्यवस्थाको पुस्तकमा यहोवा परमेश्वरले दिनुभएको यो आज्ञा पालन गरे: “छोराको कारण बुबालाई मृत्युदण्ड नदिनू र बुबाको कारण छोरालाई मृत्युदण्ड नदिनू। जुन मानिसले पाप गर्छ, उसैलाई मृत्युदण्ड दिनू।”+
-