-
१ राजा ८:६५, ६६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६५ त्यतिबेला सुलेमानले सारा इस्राएलीसित मिलेर हाम्रा परमेश्वर यहोवासामु चाड मनाए।+ त्यस चाडमा लेबो-हमाथदेखि* मिश्रको वादीसम्मका*+ मानिसहरू थिए। तिनीहरूले सात दिनसम्म चाड मनाए। तिनीहरूले अर्को सात दिनसम्म पनि चाड मनाए। यसरी यो चाड जम्मा १४ दिनसम्म मनाइयो। ६६ त्यसको भोलिपल्ट राजाले मानिसहरूलाई त्यहाँबाट पठाए। तिनीहरूले राजालाई आशिष् दिए। अनि यहोवा परमेश्वरले आफ्नो सेवक दाउद र आफ्नो प्रजा इस्राएलीहरूको लागि गर्नुभएका सबै भलाइको कामबारे सोचेर आनन्दित हुँदै र रमाउँदै तिनीहरू आ-आफ्नो घर फर्के।+
-