२९ “जब तिमीहरूले धपाएका जातिलाई यहोवा परमेश्वरले नाश गर्नुहुन्छ+ र तिमीहरू त्यहाँ बसोबास गर्न थाल्छौ, ३० तब होसियार होओ, तिमीहरू त्यहाँ कुनै किसिमको पासोमा नपर्नू। ‘तिनीहरूले कसरी आफ्ना देवतालाई पूजा गर्दा रहेछन्, हामी पनि त्यसै गरिहेरौँ!’ भनेर तिनीहरूका देवताहरूबारे जान्न नखोज्नू।+