-
प्रस्थान २३:३२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३२ तिनीहरू र तिनीहरूका देवीदेवतासित करार नगर्नू।+
-
-
प्रस्थान ३४:१५, १६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ ती देशका मानिसहरूसित कुनै किसिमको करार नगर्नू किनकि उनीहरूले आफ्ना देवीदेवतालाई पुजेर* आफूलाई भ्रष्ट पार्नेछन्+ र देवीदेवतालाई बलि चढाएको कुरा तिमीहरूलाई पनि खान लगाउनेछन् र तिमीहरूले ती खानेछौ।+ १६ अनि तिमीहरूले आफ्ना छोराहरूको विवाह उनीहरूका छोरीहरूसित गरिदिनेछौ।+ उनीहरूका छोरीहरूले आफ्ना देवीदेवतालाई पुज्नेछन् र तिमीहरूका छोराहरूलाई पनि ती देवीदेवतालाई पुज्न लगाउनेछन्।+
-
-
व्यवस्था ७:३, ४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ तिनीहरूसित बिहाबारी नगर्नू। तिमीहरूका छोरीहरू तिनीहरूका छोराहरूलाई नदिनू र तिनीहरूका छोरीहरू पनि तिमीहरूका छोराहरूको लागि नल्याउनू।+ ४ किनभने तिनीहरूले तिमीहरूका छोराहरूलाई अरू देवताहरूको पूजा गर्न लगाउनेछन् र उनीहरूलाई बहकाएर परमेश्वरबाट टाढा लैजानेछन्।+ त्यसपछि यहोवा परमेश्वरको क्रोध तिमीहरूमाथि दन्कनेछ र उहाँले तिमीहरूलाई तुरुन्तै नाश गर्नुहुनेछ।+
-
-
यहोसु २३:१२, १३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ “तर तिमीहरूले परमेश्वरलाई त्याग्यौ, तिमीहरूसँग बसोबास गरिरहेका अरू जातिहरू, जो-जो बाँकी छन्, तिनीहरूसित घुलमिल भयौ,+ तिनीहरूसित बिहाबारी गऱ्यौ+ र तिनीहरूसँग सरसङ्गत गऱ्यौ भने १३ यो कुरा नबिर्स, यहोवा परमेश्वरले ती जातिहरूलाई तिमीहरूको सामनेबाट फेरि धपाउनुहुनेछैन।+ यहोवा परमेश्वरले तिमीहरूलाई दिनुभएको यस असल देशबाट तिमीहरूको नामोनिसान नमेटिएसम्म तिनीहरू तिमीहरूका लागि पासो र फन्दा हुनेछन्। तिनीहरू तिमीहरूको पिठिउँमा कोर्रा+ र आँखामा छेस्कोसरह हुनेछन्।
-