-
एज्रा १०:१६, १७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ तर निर्वासनबाट फर्केर आएकाहरूले भने जे निर्णय भएको थियो, त्यहीअनुसार गरे। अनि १० औँ महिनाको पहिलो दिनमा पुजारी एज्रा र बुबापट्टिको घरानाहरूका नाइकेहरू, जसलाई नामै लिएर छानिएको थियो, तिनीहरू यस मामिलाको छानबिन गर्न छुट्टै बैठक बसे। १७ पहिलो महिनाको पहिलो दिनसम्ममा तिनीहरूले विदेशी स्त्रीहरूसित विवाह गर्ने सबै पुरुषको जाँचबुझ गरिसिद्ध्याए।
-