-
प्रस्थान १६:२९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२९ विश्रामदिन मनाउने आज्ञा यहोवा परमेश्वरले नै दिनुभएको हो भनेर नबिर्स।+ त्यसैले त उहाँले छैटौँ दिनमा तिमीहरूलाई दुई दिनको लागि पुग्ने खानेकुरा दिनुहुन्छ। सातौँ दिनमा सबै जना आ-आफ्नै इलाकामा बस्नू, कोही पनि बाहिर नजानू।”
-
-
प्रस्थान २०:८-११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ “विश्रामदिन* मनाउन नबिर्सनू र त्यसलाई पवित्र मान्नू।+ ९ तिमीहरूले छ दिनसम्म मेहनत गरेर आफ्नो सबै काम सिद्ध्याउनू।+ १० तर सातौँ दिन भने यहोवा परमेश्वरको लागि अलग्गै छुट्ट्याइएको विश्रामदिन हो। त्यो दिन तिमीहरूले, तिमीहरूका छोरा वा छोरीले, तिमीहरूका दास वा दासीले, तिमीहरूका घरपालुवा जनावरले वा तिमीहरूको बस्तीमा बस्ने कोही पनि विदेशीले कुनै काम नगर्नू।+ ११ किनकि यहोवा परमेश्वरले छ दिनमा आकाश, पृथ्वी, समुद्र र त्यसमा भएका सबै थोक बनाउनुभयो अनि सातौँ दिनदेखि विश्राम गर्न थाल्नुभयो।+ त्यसैले यहोवा परमेश्वरले विश्रामदिनलाई आशिष् दिनुभयो र त्यसलाई पवित्र ठहराउनुभयो।
-
-
व्यवस्था ५:१२-१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ “‘यहोवा परमेश्वरले भन्नुभएझैँ तिमीहरूले विश्रामदिन* मनाउन नबिर्सनू र त्यसलाई पवित्र मान्नू।+ १३ तिमीहरूले छ दिनसम्म मेहनत गरेर आफ्नो सबै काम सिद्ध्याउनू।+ १४ तर सातौँ दिन भने यहोवा परमेश्वरको लागि अलग्गै छुट्ट्याइएको विश्रामदिन हो।+ त्यो दिन तिमीहरूले, तिमीहरूका छोरा वा छोरीले, तिमीहरूका दास वा दासीले, तिमीहरूका गोरु वा गधाले, तिमीहरूका कुनै पनि घरपालुवा जनावरले वा तिमीहरूको सहरमा बस्ने कोही पनि विदेशीले+ कुनै काम नगर्नू।+ यसरी तिमीहरूका दास र दासीले पनि तिमीहरूले जस्तै आराम गर्न पाउनेछन्।+
-