-
लेवी २४:५-७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ “तिमीले मसिनो पीठो लिनू र १२ वटा सेल आकारको रोटी बनाउनू। प्रत्येक रोटी एपाको दस भागको दुई भाग* पीठोबाट बनाइएको होस्। ६ तिमीले छ-छ वटा रोटीको दुई चाङ बनाउनू+ र त्यसलाई निखुर सुनको टेबुलमा यहोवा परमेश्वरसामु राख्नू।+ ७ दुवै चाङको माथि शुद्ध सेतो धूप* राख्नू; यो धूप रोटीको प्रतीकस्वरूप*+ यहोवा परमेश्वरको निम्ति आगोमा जलाइनेछ।
-