-
१ इतिहास ९:१०-१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० अनि पुजारीहरूबाट यदायाह, यहोयारिब, याकिन,+ ११ अजर्याह, जो हिल्कियाहका छोरा थिए अनि हिल्कियाह मेसुल्लामका, मेसुल्लाम सादोकका, सादोक मरायोथका, मरायोथ साँचो परमेश्वरको भवनका अगुवा अहितुबका छोरा थिए; १२ आदायाह, जो यरोहामका छोरा, पासुहरका नाति र मल्कियाहका पनाति थिए; मासै, जो अदिएलका छोरा थिए अनि अदिएल याहजेराका, याहजेरा मेसुल्लामका, मेसुल्लाम मेसिलेमितका र मेसिलेमित इम्मेरका छोरा थिए; १३ अनि तिनीहरू सबैका दाजुभाइ। उनीहरू जम्मा १ हजार ७ सय ६० जना थिए र उनीहरू आफ्नो बुबापट्टिको घरानाका नाइके थिए। उनीहरू वीर र योग्य पुरुषहरू थिए अनि साँचो परमेश्वरको भवनमा सेवा गर्न तयार थिए।
-