३३ अनि चौथो दिन हामीले हाम्रा परमेश्वरको भवनमा ती सुन, चाँदी र भाँडाकुँडा लग्यौँ अनि ती सबै जोखेर+ पुजारी उरियाहका छोरा मरेमोथको+ जिम्मा लगाइदियौँ। त्यतिबेला तिनको साथमा पिनहासका छोरा एलियाजार, यसुआका छोरा लेवी योजाबाद+ र बिन्नुइका+ छोरा लेवी नोअदियाह पनि थिए।
७ लेवीहरू यसुआ, बानि, सेरेब्याह,+ यामिन, अक्कुब, साब्बथै, होदियाह, मासेयाह, केलिता, अजर्याह, योजाबाद,+ हानान र पलायाहले मानिसहरूलाई व्यवस्थामा लेखिएको कुरा बुझाउन थाले।+ अनि मानिसहरूले उभिएरै उनीहरूको कुरा सुनिरहे।