प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ इतिहास २८:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ “अनि हे मेरो छोरा सुलेमान, तिम्रो बुबाका परमेश्‍वरलाई राम्ररी चिन अनि आफ्नो पूर्ण हृदयले र राजीखुसीले उहाँको सेवा गर।+ किनकि यहोवा परमेश्‍वर हरेकको हृदय जाँच्नुहुन्छ+ अनि मानिसको हरेक सोचाइ र मनोवृत्ति बुझ्नुहुन्छ।+ तिमीले उहाँको खोजी गऱ्‍यौ भने उहाँलाई भेट्टाउनेछौ+ तर उहाँलाई त्याग्यौ भने उहाँले पनि तिमीलाई सधैँको लागि त्याग्नुहुनेछ।+

  • भजन ६२:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ हे यहोवा, अटल प्रेम पनि तपाईँकै हो+

      किनकि तपाईँ हरेक मानिसलाई उसको कामअनुसार प्रतिफल दिनुहुन्छ।+

  • हितोपदेश २४:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ “तर हामीले थाहै पाएनौँ” भन्छौ भने

      मानिसको हृदय* जाँच्नुहुनेले चाल पाउनुहुन्‍न र?+

      जसले तिमीमाथि नजर राख्नुहुन्छ, उहाँले सबै कुरा देख्नुहुन्छ

      अनि हरेक मानिसलाई उसको कामअनुसारको प्रतिफल दिनुहुन्छ।+

  • यर्मिया ३२:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ तपाईँका उद्देश्‍यहरू* र तपाईँका कार्यहरू कत्ति महान्‌ छन्‌!+ मानिसको हरेक चाल तपाईँ नियाल्नुहुन्छ+ र तिनीहरूको चालअनुसार अनि तिनीहरूको कामअनुसारको फल तिनीहरूलाई दिनुहुन्छ।+

  • इजकिएल ३३:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० “तर तिमीहरूले यसो भनेका छौ: ‘यहोवाको काम न्यायसङ्‌गत छैन।’+ हे इस्राएलको घराना, म तिमीहरू हरेकलाई तिमीहरूको कामअनुसार इन्साफ गर्नेछु।”

  • रोमी २:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ उहाँले हरेकलाई उसको कामअनुसारको प्रतिफल दिनुहुनेछ:+

  • २ कोरिन्थी ५:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० किनकि हामी सबै ख्रिष्टको न्यायासनसामु हाजिर हुनै पर्छ ताकि हरेकले आफ्नो शरीरमा छँदा गरेका कामहरूको प्रतिफल पाओस्‌, चाहे ती असल काम होऊन्‌ वा खराब।+

  • गलाती ६:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ नबहकिओ: परमेश्‍वरलाई झुक्क्याउन सकिँदैन* किनकि मानिसले जे छर्छ, त्यसैको कटनी पनि गर्नेछ।+

  • १ पत्रुस १:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ हरेकको कामअनुसार निष्पक्ष न्याय गर्नुहुने बुबालाई+ तिमीहरू पुकार्छौ भने अहिले केही समयको लागि परदेशीको रूपमा जीवन बिताइरहेको बेला तिमीहरू परमेश्‍वरको डर मान्दै चल।+

  • प्रकाश २२:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ “‘हेर! म छिट्टै आउँदै छु अनि हरेकलाई उसको कामअनुसार दिइने इनाम मसित छ।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने