प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा २२:१८, १९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ तर तिमीहरूलाई यहोवा परमेश्‍वरसित सोधपुछ गर्न पठाउने यहुदाका राजालाई यसो भन्‍नू, “तिमीले सुनेका कुराहरूको विषयमा इस्राएलका परमेश्‍वर यहोवा यसो भन्‍नुहुन्छ: १९ ‘मैले यो ठाउँ र यहाँका बासिन्दाहरू श्रापित हुनेछन्‌ र तिनीहरूको दुर्दशा देखेर मानिसहरू डरले थरथर काँप्नेछन्‌ भनेर सजाय सुनाएको थिएँ। त्यो सुनेर तिम्रो मन पग्लियो र तिमीले यहोवासामु आफूलाई नम्र तुल्यायौ+ अनि तिमी आफ्नो लुगा च्यातेर रोयौ।+ त्यसैले म तिम्रो बिन्ती सुन्‍नेछु, यहोवा घोषणा गर्नुहुन्छ।

  • २ इतिहास ३३:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ तिनले परमेश्‍वरलाई प्रार्थना गरिरहे। त्यसकारण उहाँमा दया जाग्यो र उहाँले तिनको बिन्ती सुन्‍नुभयो। उहाँले तिनलाई यरुसलेममा फर्काएर ल्याउनुभयो र तिनको राज्य फिर्ता गरिदिनुभयो।+ त्यसपछि मनस्सेले यहोवा नै साँचो परमेश्‍वर हुनुहुन्छ भनेर थाह पाए।+

  • भजन २२:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ किनकि उहाँले अत्याचारमा परेको मानिसको दुःखलाई बेवास्ता गर्नुभएको छैन, उसलाई हेला गर्नुभएको छैन;+

      उहाँले ऊबाट आफ्नो मुहार लुकाउनुभएको छैन।+

      उसले मदतको लागि पुकार्दा उहाँले सुन्‍नुभयो।+

  • भजन ३४:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ यहोवा टुटेका हृदय भएकाहरूको नजिक हुनुहुन्छ+

      र निराश भएकाहरूलाई उहाँले बचाउनुहुन्छ।+

  • हितोपदेश २८:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ आफ्नो गल्ती* लुकाउने मानिस सफल हुँदैन+

      तर गल्ती स्विकार्ने र त्यसलाई त्याग्ने मानिसले निगाह पाउँछ।+

  • यसैया ५७:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ जो उच्च र महान्‌ हुनुहुन्छ, जो अनन्त हुनुहुन्छ+

      जसको नाम पवित्र छ,+ उहाँ यसो भन्‍नुहुन्छ:

      “म उच्च र पवित्र ठाउँमा बस्छु।+

      तैपनि मन भाँचिएका र कमजोरहरूको साथमा हुन्छु।

      म कमजोरहरूलाई बल दिन्छु

      अनि मन भाँचिएकाहरूलाई सान्त्वना दिन्छु।+

  • लुका १५:२२-२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ तर बुबाले आफ्ना दासहरूलाई भन्यो: ‘झट्टै गएर सबैभन्दा राम्रो पोसाक ल्याओ र उसलाई पहिराइदेओ अनि औँठी र जुत्ता पनि लगाइदेओ! २३ त्यसपछि मोटोघाटो बाछो ल्याएर काट अनि हामी खाऔँ र रमाइलो गरौँ २४ किनकि यो मेरो छोरो मरेको थियो तर अहिले फेरि जिउँदो भयो;+ ऊ हराएको थियो तर अहिले भेटियो।’ अनि तिनीहरूले रमाइलो गर्न थाले।

  • लुका १८:१३, १४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ तर कर उठाउने मानिस भने टाढै उभियो र उसले आफ्नो नजर स्वर्गतिर उचाल्ने आँटसमेत गरेन। अनि छाती पिटीपिटी उसले यसो भन्यो: ‘हे परमेश्‍वर, म पापीमाथि कृपा गर्नुहोस्‌।’+ १४ म तिमीहरूलाई भन्छु, त्यो फरिसीभन्दा यो मानिस अझ धर्मी ठहरिएर आफ्नो घर गयो।+ किनकि जसले आफूलाई उच्च पार्छ, उसलाई खसालिनेछ अनि जसले आफूलाई होच्याउँछ, उसलाई उच्च पारिनेछ।”+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने