-
मर्कुस १:९-११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ ती दिनहरूमा येसु गालिलको नासरतबाट आउनुभयो र उहाँले युहन्नाबाट यर्दन नदीमा बप्तिस्मा गर्नुभयो।+ १० अनि पानीमाथि निस्कनेबित्तिकै उहाँले आकाश उघ्रँदै गरेको र पवित्र शक्ति ढुकुरको रूपमा आफूमाथि ओर्लँदै गरेको देख्नुभयो।+ ११ अनि आकाशबाट यस्तो आवाज आयो: “तिमी मेरो प्यारो छोरा हौ। मैले तिमीलाई स्विकारेको छु।”+
-