प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ५३:शिर बेहोरा-६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • निर्देशकलाई; महालथ* शैलीमा। मास्किल।* दाउदको रचना।

      ५३ मूर्खले मनमनै भन्छ:

      “यहोवा हुनुहुन्‍न।”+

      तिनीहरूका कामहरू खराब छन्‌, भ्रष्ट र घृणित छन्‌।

      असल काम गर्ने कोही छैन।+

       २ तर बुद्धिमान्‌* कोही छ कि, यहोवालाई खोज्ने कोही छ कि+ भनेर

      परमेश्‍वर स्वर्गबाट मानिसहरूलाई+ हेर्नुहुन्छ।

       ३ तिनीहरू सबै तर्केका छन्‌;

      तिनीहरू सबै भ्रष्ट भएका छन्‌।

      असल काम गर्ने कोही छैन,

      अहँ, एक जना पनि छैन।+

       ४ के दुष्टहरूमध्ये कसैको पनि समझ छैन?

      तिनीहरू मेरा मानिसहरूलाई रोटीझैँ खर्लप्प पार्छन्‌।

      तिनीहरू यहोवालाई पुकार्दैनन्‌।+

       ५ तर तिनीहरूलाई त्रासले छोप्नेछ;

      यस्तो त्रास, जुन तिनीहरूले पहिला कहिल्यै महसुस गरेका थिएनन्‌।*

      किनकि तिमीहरूलाई आक्रमण गर्नेहरूको* हड्डी परमेश्‍वरले छरपस्ट पारिदिनुहुनेछ।

      तिमीहरूले तिनीहरूलाई लाजमा पार्नेछौ किनकि यहोवाले तिनीहरूलाई तिरस्कार गर्नुभएको छ।

       ६ इस्राएलको उद्धार सियोनबाटै आओस्‌!+

      कैदमा परेका आफ्ना मानिसहरूलाई यहोवाले फर्काउनुहुँदा

      याकुब रमाओस्‌, इस्राएल आनन्दित होस्‌!

  • रोमी ३:१०-१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० जस्तो लेखिएको छ: “धर्मी मानिस कोही छैन, एक जना पनि छैन।+ ११ बुद्धिमान्‌* मानिस एक जना पनि छैन, परमेश्‍वरलाई खोज्ने एक जना पनि छैन। १२ सबै मानिस तर्केका छन्‌, तिनीहरू सबै जना बेकामको भएका छन्‌; दया गर्ने कोही छैन, एक जना पनि छैन।”+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने