-
हिब्रू ३:७-११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ त्यसैकारण पवित्र शक्तिले भनेझैँ+ “यदि आज तिमीहरू उहाँको कुरा सुन्छौ भने ८ आफ्नो हृदय कठोर नपार, जसरी तिमीहरूका पुर्खाहरूले आफ्नो हृदय कठोर पारेर मलाई क्रोधित बनाएका थिए र निर्जनभूमिमा मेरो परीक्षा लिएका थिए।+ ९ तिमीहरूका पुर्खाहरूले ४० वर्षसम्म मेरो काम देख्दादेख्दै पनि मेरो परीक्षा गरेर मलाई चुनौती दिएका थिए।+ १० त्यसैले यस पुस्तादेखि म वाक्क भएँ र भनेँ: ‘तिनीहरूको हृदय सधैँ मदेखि टाढा छ अनि तिनीहरूले मेरो मार्ग चिनेका छैनन्।’ ११ त्यसैले मैले रिसाएर यस्तो शपथ खाएँ: ‘तिनीहरू मेरो विश्राममा प्रवेश गर्नेछैनन्।’”+
-
-
हिब्रू ४:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ अनि धेरै समयपछि दाउदको भजनमा उहाँ फेरि कुनै एक दिनलाई “आज” भनी तोक्नुहुन्छ, जस्तो माथि भनिएको छ: “यदि आज तिमीहरू उहाँको कुरा सुन्छौ भने आफ्नो हृदय कठोर नपार।”+
-