प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ३४:६, ७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ यहोवा परमेश्‍वर मोसासामु यसो भन्दै प्रकट हुनुभयो: “यहोवा, हो म यहोवा कृपालु+ र दयालु+ छु, म हतपती रिसाउँदिनँ+ अनि म अटल प्रेम+ र सत्यले*+ भरिपूर्ण छु। ७ मेरो अटल प्रेम हजारौँ-हजार पुस्तासम्म रहिरहन्छ।+ म मानिसहरूको गल्ती, अपराध र पाप क्षमा गर्छु+ तर दोषीलाई सजाय नदिई कुनै हालतमा छोड्‌दिनँ।+ बुबाले गरेको गल्तीको सजाय तिनका छोराहरू, नातिहरू र पनातिहरूलाई समेत दिन्छु।”+

  • व्यवस्था ७:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ तिमीहरूलाई थाहै छ, यहोवा तिमीहरूका परमेश्‍वर नै साँचो र विश्‍वासयोग्य परमेश्‍वर हुनुहुन्छ। उहाँलाई माया गर्ने र उहाँको आज्ञा पालन गर्नेहरूसित बाँधेको करार उहाँ हजारौँ-हजार पुस्तासम्म पूरा गर्नुहुन्छ र तिनीहरूलाई अटल प्रेम देखाइरहनुहुन्छ।+

  • भजन ९८:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ३ इस्राएलको घरानालाई अटल प्रेम र वफादारी देखाउने आफ्नो प्रतिज्ञा उहाँले सम्झनुभएको छ।+

      सारा पृथ्वीले हाम्रा परमेश्‍वरले गर्नुभएका उद्धारका कामहरू* देखेको छ।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने