-
प्रेषित १३:३४-३७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३४ परमेश्वरले उहाँलाई मृत्युबाट फेरि जीवित पार्नुभयो र उहाँलाई कहिल्यै कुहिन नदिने निश्चय गर्नुभयो, जुन उहाँले भन्नुभएको यो वचनबाट पनि प्रस्ट हुन्छ: ‘म तिमीहरूलाई मैले दाउदलाई प्रतिज्ञा गरेको अटल प्रेम* देखाउनेछु। यो प्रतिज्ञा भरोसायोग्य छ।’+ ३५ तसर्थ अर्को भजनमा उहाँ यसो पनि भन्नुहुन्छ: ‘तपाईँले आफ्नो वफादार जनलाई कुहिन दिनुहुनेछैन।’+ ३६ एकातर्फ जहाँसम्म दाउदको कुरा छ, तिनले आफ्नो जीवनभर परमेश्वरको सेवा गरे* अनि मृत्युको चिर निद्रामा परे। तिनी आफ्ना पुर्खाहरूसित गाडिए र तिनी कुहिनुपऱ्यो।+ ३७ तर अर्कोतर्फ जसलाई परमेश्वरले ब्युँताउनुभयो, उहाँ भने कुहिनु परेन।+
-