-
१ समुएल १७:४५, ४६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४५ दाउदले त्यस पलिस्तियालीलाई यस्तो जवाफ दिए: “तँ मसित लड्न तरबार, भाला र बर्छी लिएर आएको छस्।+ तर म भने सेनाहरूका यहोवाको नाममा आएको छु! इस्राएलीहरूको फौजका ती परमेश्वरको नाममा,+ जसलाई तैँले चुनौती दिएको छस्।+ ४६ आज यहोवा परमेश्वरले तँलाई मेरो हातमा सुम्पिदिनुहुनेछ।+ म तँलाई मार्नेछु र तेरो शिर काटिदिनेछु। आज म पलिस्तियाली सिपाहीहरूको लास चराहरूलाई र जङ्गली जनावरहरूलाई खुवाइदिनेछु। तब इस्राएलीहरूका परमेश्वर नै साँचो परमेश्वर हुनुहुन्छ भनेर पृथ्वीका सबै मानिसले थाह पाउनेछन्।+
-
-
२ समुएल २१:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ फेरि एक पटक पलिस्तियालीहरू र इस्राएलीहरूबीच लडाइँ भयो।+ दाउद र उनका सेवकहरू गएर पलिस्तियालीहरूसित लडाइँ गरे। अनि दाउद साह्रै थाके।
-