-
१ राजा १:१६-२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ अनि बेतसेबाले भुईँमा घोप्टो परेर राजालाई दण्डवत् गरिन्। तब राजाले भने: “भन, तिमी के चाहन्छ्यौ?” १७ त्यसपछि बेतसेबाले भनिन्: “हे प्रभु, हजुरले यस दासीसँग यसो भनेर यहोवा परमेश्वरको नाममा कसम खानुभएको थियो, ‘मेरो शेषपछि तिम्रो छोरा सुलेमान राजा हुनेछ। ऊ नै मेरो सिंहासनमा बस्नेछ।’+ १८ हेर्नुहोस्! अहिले अदोनियाह राजा भएको छ तर मेरा प्रभु, मेरा महाराजलाई यसबारे केही खबर छैन।+ १९ उसले थुप्रै बहर, मोटाघाटा जनावर र भेडा बलि चढायो। अनि त्यस उत्सवमा उसले सबै राजकुमारलाई, पुजारी अबियातारलाई र सेनापति योआबलाई निम्तो दियो+ तर हजुरको सेवक सुलेमानलाई भने निम्तो दिएन।+ २० तर हे मेरा प्रभु! मेरा महाराज! हजुरपछि सिंहासनमा को बस्नेछ भनेर जान्न अहिले सारा इस्राएलले हजुरको निर्णय पर्खिरहेको छ। २१ यदि हजुरले अहिले यस कुराको फैसला गरिदिनुभएन भने हजुरको शेषपछि* म र मेरो छोरा सुलेमान विद्रोही ठहराइनेछौँ।”
-